सुनसरी – सुनसरीको धरानमा रहेको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पव्लिक स्कुलमा अज्ञात समुहले बम विस्फोट गरेको छ ।
गएराति १२ बजेर ७ मिनेट जादा ठुलो आवाजका साथ विस्फोट भएको थियो ।
स्कुलको उत्तरपटिको मुख्य गेटमा बम विस्फोट गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । विस्फोटबाट गेटमा सामान्य क्षति पुगेको छ ।
बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको दिल्ली पव्लिक स्कुल धरानका अन्य स्कुलहरुको तुलनामा सुरक्षित स्थानमा रहेको छ ।
मध्यरातमा भएको विस्फोट पछि अहिले धरान प्रहरीले ब्यापक अनुसन्धान तथा खोजी गरीरहेको डिएसपी न्यौपानेले बताए ।
स्कुललाई लक्षित गरेर कसले र किन विस्फोट गरायो ? कुन प्रकारको विष्फोटक वस्तु विस्फोट गरिएको भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस