वीरगञ्ज- वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ। वीरगञ्जस्थित रेशमकोठीमा रहेको त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि एसिड प्रहार भएको हो।
छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कानमाथि एसिड प्रहार भएको हो।
शुक्रबार बिहान करिब ६ बजेतिर दुई जना युवाले मुस्कानमाथि एसिड प्रहार भएको बताइएको छ। गणेशमान चोक जाने गल्लीमा उनीमाथि ती युवाले एसिड प्रहार गरेका थिए। गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले एसिड छ्यापेर भागेका थिए।
विद्यालय पोशाकमै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो। एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्यााएका थिए।
उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ। उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
एक पक्राउ, एक फरार
घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी सुरु गरेको प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ।
एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। आफूलाई प्रेम नगरेको भन्दै सम्सादले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।
उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गर्ने भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस