झापा- झापाको गौरादह नगरपालिका र विर्तामोडको एक सहकारीमा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ।
विष्फोटका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो।
कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको थियो।
बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ।
सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ।
एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन्।
यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस