काठमाडौं – गत जेठ ३१ गते चितवनमा नारायणी नदीको पुलबाट हामफालेर एक महिलाले आत्महत्या गरिन्। नवलपरासीबाट दाजुसँगै स्कुटीमा चितवनस्थित घर जाँदै गरेकी ती महिलाले स्कुटीबाट ओर्लिएर नदीमा हाम फालेकी थिइन्।
गत शनिबार बुटवल उपमहानगरपालिका–२ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झुन्डिएर आत्महत्याको प्रयास गरेका थिए। तर परिवारका सदस्यले बेलैमा देखेपछि ठूलो दुर्घटना टर्यो।
३ भदौमा सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयभित्र नायब सुब्बा बच्चु केसीले विष सेवन गरी आत्महत्या गरे।
बढ्दो आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौती बनेको छ।
प्रहरी तथ्यांकअनुसार नेपालमा दैनिक १६ वटा आत्महत्याका घटना भइरहेका छन्। गत वर्ष ५ हजार ८१९ जनाले आत्महत्या गरेका छन्। यो संख्या बर्सेनि बढ्दो छ। आर्थिक वर्ष २०७१ र ७२ मा नेपालमा आत्महत्या गर्नेको संख्या ४ हजार ३३२ थियो।
विश्वभर आत्महत्या गर्नेको संख्या वार्षिक ८ लाखभन्दा बढी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार संसारमा प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्या प्रयास गरिरहेका र ४० सेकेन्डमा १ जनाले आत्महत्या गरिरहेका छन्।
आत्महत्याको यो दर बढ्दै जाने हो भने सन् २०२० सम्म प्रत्येक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने संगठनको अनुमान छ।
गरिब देशमा बढी
विश्वभर हुने आत्महत्यामध्ये ७५ प्रतिशतभन्दा बढी न्यून तथा मध्यम आयस्रोत भएका देशमा हुने गरेको डब्युएचओको तथ्यांक छ। विश्वभर हुने आत्महत्याका ८ लाख घटनामध्ये उच्च आय भएका देशमा २ लाखभन्दा थोरै छ। यही तथ्यांकका आधारमा डब्लुएचओले आत्महत्याको प्रमुख कारण कमजोर आर्थिक अवस्थालाई मानेको छ।
पुरुषको संख्या बढी
विश्वभरमा हुने कुल आत्महत्याभन्दा २० गुणा बढी आत्महत्याको प्रयास मात्रै हुने गरेको स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणीन्द्रप्रसाद बराल बताउँछन्।
उनी भन्छन्, ‘आत्महत्यो प्रयास गर्नेमा पुरुषभन्दा महिला धेरै छन्। तर पनि आत्महत्या गर्नेमा चाहिँ पुरुषको संख्या बढी छ।’ पुरुषले बढी खतरनाक तरिका अपनाउने हुनाले यस्तो भएको डा बरालको भनाइ छ।
डब्लुएचओका अनुसार विश्वमा आत्महत्याको जोखिम बढी भएका देशमध्ये नेपाल सातौं स्थानमा छ। तर महिला जोखिममा रहेको मुलुकमध्ये नेपाल तेस्रो स्थानमा छ। अरु देशमा जस्तै नेपालमा पनि आत्महत्याको जोखिममा महिलाहरु बढी भए पनि सन् २०१४ देखि २०१८ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा आत्महत्या गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै छ।
यसबीचमा ६ हजार ५११ महिला र ७ हजार ६६५ पुरुषले आत्महत्या गरेका छन्।
किन हुन्छ आत्महत्या ?
आत्महत्या ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिँदैन, मानसिक रोग विषेशज्ञ डा. वासु कार्की भन्छन्, ‘मान्छेलाई आत्महत्या गर्न बाध्य तुल्याउने धेरै कारण छन्– डिप्रेसन, असफल वैवाहिक जीवन, बहुविवाह, अतृप्त महत्त्वाकांक्षा, सामान्य आवश्यकता पूर्ति नहुनु, मायाप्रेममा धोका, असफलताजस्ता कारणले आत्महत्या हुन्छ।’
चिकित्सक र मनोविद्हरु आत्महत्याको मुख्य कारण मानसिक रहेको बताउँछन्। उनीहरुका अनुसार विभिन्न कारणले मानिसमा आउने चरम निराशाले मानिस आत्महत्या गर्न उद्यत हुन्छ।
साथै तनाव व्यवस्थापन गर्न नसक्दा युवायुवतीले आत्महत्याको बाटो रोज्ने गरेका छन्।
किशोरावस्थामा धेरै खालका तनाव सजिलै व्यवस्थापन हुन नसक्दा निराशा उत्पन्न हुने र त्यस्तो बेला किशोरकिशोरीले आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको डा. कार्की बताउँछन्।
‘मृत्युसँग सबैलाई डर लाग्छ। तर पनि मानिस किन आफ्नै हत्या गरिरहन्छन् त ?’ मनोविद् पदमराज जोशी भन्छन्, ‘पटक–पटकको असफलता, वैवाहिक सम्बन्धमा उतारचढाव, आवेग, न्यून आर्थिक अवस्था, अधुरो प्रेम, एक्लोपन र दीर्घरोगी भएपछि मानिसहरू आत्महत्यासँग डराउँदैनन्। उनीहरूलाई सधैं जिन्दगीसँग गुनासो रहन्छ र उनीहरूको विकल्प नै मृत्यु बन्न जान्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस