काठमाडाैं-त्रिभुवन विमानस्थलबाट एक जना अपहरणमा परेका छन् । अपहरण पर्नेमा पोखराका एलिश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
भद्रपुर विमानस्थलबाट काठमाडौं आएका उनी त्रिभुवन विमानस्थलको गेटबाटै अपरहणमा परेका हुन् । उनलाई अपहरण गर्ने सिन्धुपाल्चोकका दिनेश लामासहित ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
अपहरणमा परेका गुरुङलाई सोल्टिमोडको भ्याली एण्ड फूड क्याफेबाट सकुशल उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।
गुरुङलाई कालिमाटी प्रहरी वृत्तका डीएसपी रुगम कुँवरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो । थप अनुसन्धान कार्य भइरहेको र आर्थिक लेनदेनका कारण उनी अपहरणमा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस