काठमाडाैं-नेपाली कांग्रेसले बाँकेको खजुरामा बिहीबार आयोजना गरेको भेलामा आक्रमण गरी एक दर्जन बढीलाई घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीय खजुरा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुमन मल्ललाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने भएको छ ।
तत्कालीन नेकपा एमालेबाट खजुरा गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित मल्लसहितको समूहले आक्रमण गर्दा कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय होटलका संचालकसमेत रहेका मल्ललाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने जानकारी दिएको छ । प्रहरीले बिहीबार खजुराको सितापुरमा भएको सो घटनामा संलग्न भएको अभियोगमा तीन जनालाई गिरफ्तार गरिसकेको छ ।
घटनाको विरोधमा शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको थियो । घटनालाई लिएर कांग्रेसका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापतिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउने भएका छन भने दिउँसो तीन बजे माइतीघरमा कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस