भक्तपुर-एक हजार घुस लिएको आरोप लागेका कर्मचारीले आत्महत्या गरेका छन्।
सुनसरी इनरुवा नगरपालिका-५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षका रामहरि सुवेदीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन्।
मृतक सुवेदी अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएका थिए। कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो। त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो।
अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तको आरोप रहेको छ। गत माघ महिनामा बुबाको निधन भएको छोरा सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकैवर्षमा दुईवटा शोक परेको छ। मृतक सुवेदीको घरमा श्रीमती, एक छोरा, एक छोरी र वृद्ध आमा छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस