काठमाडाैं-कृषि विकास बैंकका कर्मचारीको मिलेमतोमा भएको चोरी प्रकरणमा ४ करोड ८४ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ ।
बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालका अनुसार सो परिमाणको रकम विभिन्न बैंकमा ट्रान्सफर भएको हो । यसमध्ये ५३ लाख रुपैयाँ झिकिएको छ ।
‘बैंकबाट ४ करोड ८४ लाख रुपैयाँ विभिन्न बैंकमा ट्रान्सफर भएको छ, यसमध्ये ५३ लाख रुपैयाँ विभिन्न बैंकबाट झिकिएको छ, बाँकी रकम जुन जुन बैंकमा ट्रान्सफर गरिएको हो, सोही बैंकमा रोक्का गरिसकेका छौं,’ कार्यवाहक उपमहाप्रबन्धक अर्यालले भने ।
झिकेको रकममध्ये प्रहरीले ३१ लाख रुपैयाँ बरामद गरेको छ । बाँकी रकमको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानाएको छ ।
झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षिय लवाङ तामाङ, रसुवाकी ४० वर्षिया लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षिय संजय घले लाई पक्राउ गरेको छ ।
रसुवाकी २० वर्षिया निर्मला तामाङ, सर्लाहीका ४२ वर्षिय पुष्पराज खड्का, लमजुङका २३ वर्षिय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षिय श्रवण कुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षिया सुनिता श्रेष्ठ, कैलालीका २२ वर्षिय विजय साह र ४५ वर्षिय चन्द्र बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
यससँगै प्रहरीले एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतको कलकता घर भएका शुबन्कर पन्जालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस