सप्तरी- सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई दुई वर्ष चार महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिएका छन् ।
मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो ।
अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।
आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस