काठमाडाैं-निर्माण सामाग्री ढुवानीमा ठगी गर्ने २३ जना ट्रक सञ्चालक पक्राउ परेका छन्। ईंटा, गिटी, बालुवा, चिप्स, ढुंगा लगायतका सामाग्री ढुवानी गर्ने मिनिट्रकहरुमा ५ इन्चसम्म फलामे र काठको बक्स बनाई ठगी गर्ने सञ्चालक तथा ट्रकलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो।
३५ जना सवारी चालक र ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। ग्राहकलाई १०० क्युफिट प्रति ढुवानी गरेको भनि बिक्री गरेपनि ८२.६३ क्युफिट मात्रै सामाग्री ढुवानी गरेको पाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
प्रति ढुवानीमा एक हजार ६ सय २० रुपैयाँदेखि २ हजार २ सय रुपैयाँसम्म ग्राहकलाई नोक्सान हुने गरेको पाइएको छ।
प्रहरीले पक्राउ गरेका डिपोबाट निर्माण सामाग्री ढुवानी गरेर ठगिएका ग्राहकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। यसैगरी अरू ढुवानी डिपोहरुले समेत ठगीरहेको हुनसक्ने भन्दै प्रहरीलाई खबर गर्न एसएसपी थापाले आग्रह गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस