अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बङ्गाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ वर्षीय श्रीमन्त्र मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढको रूपमा काम गर्दै आइरहेका भारतीय नागरिक मण्डलको साथबाट प्रचलित मूल्य रु चार लाख ६४ हजार ८१४ बराबरका सुनका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
गएराति सुन पसलबाट सुनका गहना चोरी गरेका उनलाई सिसिटिभी क्यामेरामा कैद गरेको दृश्यका आधारमा प्रहरीले पक्राउ गरेको थियो । उनले दाजुसँग भारतबाट आउँदा लिएको ऋण तिर्न चोरी गर्नुपरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस