काठमाडाैं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धानलाई बलियो बनाउन प्रहरी वैज्ञानिक प्रमाण संकलनको प्रक्रियामा लागेको छ ।
यसका लागि प्रहरीले महराको डिएनए परीक्षण गर्ने भएको छ । सामान्यतः रगत, जरासहितको रौँ, हड्डी, पसिना, र वीर्यबाट नेपालमा डिएनए परीक्षण हुने गरेको छ ।
यस्तै, पीडित भनिएकी रोशनी शाहीको डेराबाट बरामद रक्सीको गिलास, बोतलबाट औँठाछाप परीक्षण गरिने प्रहरी स्रोतले जनाएको छ । बरामद गरिएको गिलास तथा बोतलमा महराको औँठाछाप परीक्षणमा देखिएमा प्रमाण थप बलियो हुने छ ।
पीडित महिलाको घरबाट प्रहरीले बरामद गरेको चस्मा, रक्सी–गिलास, जुत्ताको तलुवालगायत सामग्री परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाए पनि रिपोर्ट आउन बाँकी छ ।
१२ असोजमा महरा रोशनी शाहीको डेरा नजिक भेटिएको सिसी टिभीको फुटेज प्रहरीले संकलन गरेको छ ।
महराले भने आफू रोशनीको घर नजिकसम्म पुगेको सत्य भए पनि घरभित्र भने नगएको जिकिर बयानमा गरेका छन् । रोशनीको घर नजिक पुगेर फोन गर्दा उनको फोन नउठेपछि आफू त्यहीँबाट फर्किएको बयान महराले सरकारी वकिलको कार्यालयमा दिएका थिए ।
रोशनीको घरमा बरामद भाँचिएको चस्मा आफ्नो पुरानो चस्मा भएको दाबी महराले गरेका थिए । पुरानो चस्मा देखाएर फसाउने षड्यन्त्र गरिएको जिकिर उनले गरेका थिए ।
महराविरुद्ध उजुरी दिएकी रोशनी शाहीले पनि बयान फेर्दै महरा आफ्नो घर नै नआएको निवेदन अदालतसमक्ष प्रस्तुत गरेकी छन् ।
गत १२ असोजमा काठमाडौंको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै १८ असोज (फूलपाती)मा महिलाले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले महरालाई सभामुखनिवास बालुवाटारबाट पक्राउ गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस