रौतहट– २०५६ चैत १७ , रौतहटको जिविसमा आएको तत्कालीन वनराज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे ।
त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको नाअझ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए । जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो ।
एमाले कार्यकर्तासमेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ ।
व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराउँछ ।
आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तहरू थर्कमान भएका हुन्।
बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका दाजु सत्येन्द्रप्रताप सिंह आफूहरू मुस्किलले दुई घण्टा पनि सुत्न नसकेको बताउँछन्।
आलम थुनामुक्त भए आफूहरू मारिने त्रासले निदाउन नसकिएको उनको भनाइ छ। त्रिलोकका पिता ७९ वर्षीय श्रीनारायण सिंह छोरा मारिएपछि कारबाहीको माग गर्दै निरन्तर विभिन्न अड्डा धाइरहेका छन्।
आफूले पहिलेदेखि नै विभिन्न धम्की सहँदै आएकाले खासै डर नलागे पनि आलम पक्राउ परेपछि भने केही गरिहाल्ने हुन् कि त्रास पैदा भएको उनी बताउँछन्।
त्रिलोककी ७५ वर्षीया आमा कमलादेवी सिंह आलमले सजाय पाए भने मात्र आफूहरू ढुक्कसाथ बाँच्न सक्ने नत्र मारिन सक्ने बताउँछिन्।
बम काण्डमै मारिएका ओसी अख्तरकी आमा रुक्साना खातुनलाई अज्ञात समूहले गोली हानी गरेको हत्याको छानबिनसमेत हुन नसकेको बताउँदै उनी आलम रिहा भए आफूहरूको हालत पनि उस्तै बनाउने हो कि भन्ने चिन्ताले सताउने गरेको सुनाउँछिन्।
छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै विभिन्न अड्डा धाउने क्रममा रुक्सानाको दिउँसै हत्या भएकाको सिंहको भनाइ छ। छोरालाई इँटा उद्योगमा जलाउनेहरूलाई कडा कारबाही हुनुपर्ने उनको माग छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस