काठमाडौँ- जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरु अझै फरार रहेको आजको राजधानी दैनिकले समाचार छापेको छ |
समाचार अनुसार बम बिष्फोटमा परी घाइतेलाइ जिउदै जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ४ जना माथि किटानी जाहेरी परेको छ । जस मध्ये अझै ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिए ।
फरार अभियुक्तहरुको खोजी कार्य प्रहरी जारी राखेको उनको भनाई छ । पुर्वमन्त्री आलमलाइ पहिलो संबिधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम बिष्फोट गराई घाइतेहरुलाइ जिउदै इट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते रौतहट प्रहरीले प्रक्रउ गरेको थियो ।
पहिलो पटक अनुसन्धानको लागी ७ दिनको म्याद थपेको र फेरी ५ दिन पुन म्याद थप गरी प्रहरीले अनुसन्धान गरीरहेको छ । आलमलाइ अनुसन्धान गर्न कार्तिक ८ गते सम्मको जिल्ला अदालत रौतहट गौरले म्याद थप गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस