काठमाडौँ– नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र लुकाएर काठमाडौँ महानगरपालिका–१६ मा रहेको डिलाइट होटलमा राखेको अवस्थामा त्रिपाठी र होटलका सञ्चालकद्वयलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
त्रिपाठीले लागुऔषध लुकाएर राखेको अडियो म्युजिक सिस्टम फ्लाई दुवई एयरको एयर कार्गोमार्फत क्यानडा हुँदै नेपाल भित्रिएको र उक्त लागुऔषध पनि विदेशबाट नेपाल आएको अनुसन्धानमा खुल्न आएको लामाले बताए । पक्राउ परेका पाण्डेद्वय यसअघि पनि विदेशबाट लागुऔषध कारोवार गर्ने गरेको अनुन्धानमा खुलेको छ ।
पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस