जलेश्वर– महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरपालिका–२ स्थित आवर गाउँमा मटिहानीबाट जनकपुर जाँदै गरेको अवस्थामा स्रोत नखुलेको रु ११ लाखसहित मटिहानी न.पा.६ बस्ने भोगेन्द्र पूर्वेका छोरा २४ वर्षीय जीवन पूर्वे पक्राउ परेका छन् ।
त्यस्तै जिल्लाको जलेश्वर–भिट्ठामोड सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–३ स्थित मलिवारा बस बिसौनी नजिकबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा स्रोत नखुलेको पाँच लाख ७५ हजार भारुसहित जनकपुर उपमहानगरपालिका–८ बस्ने रामविलास महासेठका छोरा ३२ वर्षीय विजय महासेठ पक्राउ परेका छन् ।
दुवै युवकले नेपाली र भारुको अवैध सटही तथा सुन चाँदीको चोरी तस्करीजस्ता कारोवार गर्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको छुट्टाछुट्टै प्रहरी टोलीले दुवै युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस