काठमाडाैं-आरआर क्याम्पसका स्ववियु सहसचिव एवं तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईले बलात्कार गरेको किटानी जाहेरी दिएकी १८ वर्षीया पीडितले राईले ‘भाइटीका लगाउँछु’ भनेको बताएकी छिन |
नयाँ पत्रिकालाई उनले भनेकी छिन –
दुई वर्षदेखि काठमाडौंमा दिदीसँग बस्दै आएकी छु । दिदीमार्फत नै इन्द्रहाङ राईसँग चिनजान भएको हो । बहिनी भन्थ्यो । तिहारमा भाइटीका लगाउने योजनासमेत बनेको थियो । तर, टीका नआउँदै गोरु तिहारको दिन जबर्जस्ती गर्यो । गत सोमबार उसले मलाई देउसी खेल्न भन्दै अत्तरखेलस्थित मेडिकल कलेजआसपास बोलायो । विश्वास गरेको दाइले बोलाएपछि गएँ । मैले कुरेको आधा घन्टापछि मोटरसाइकलमा आयो । त्यहीँ खाजा खाऔँ भन्यो । मैले नाइँ भनेँ । दुवैले चिसो खायौँ ।
अत्तरखेलबाट दुवैजना मोटरसाइकलमा हिँड्यौँ । देउसी खेल्ने ठाउँमा लैजानेमा म विश्वस्त थिएँ । केहीबेरमा माकलबारीस्थित एउटा घरमा पुर्यायो । आफू बस्ने घर हो भन्यो । घरमा कोही देखिनँ । तर, अझै पनि मैले विश्वास गरिरहेकी थिएँ ।
खाजा ल्याउँछु भन्दै मलाई कोठामा छाडेर बाहिर गयो । केहीबेरमा खाजासहित बियर पनि ल्यायो । खाजा दुई भाग लगायो, बियर पनि दुई गिलासमा खन्यायो । जब बियर खान कर गर्यो, त्यसपछि बल्ल मलाई शंका लाग्यो । उठेर हिँड्न खोजेँ । तर, फकाउँदै बस्न आग्रह गर्यो ।
करिब आधा घन्टापछि ‘हग’ गरौँ भन्यो । मैले नमानेपछि जबरजस्ती झम्टियो । समातेर पलङमा पछार्यो । मैले हारगुहार गरेँ । तर, घरमा सुन्ने कोही थिएन । छिमेकको घरमा देउसी–भैलोको ब्यान्डबाजा बजिरहेकाले कसैले सुनेन । उसले धम्की दिँदै जबर्जस्ती गरिछाड्यो ।
माकलबारीबाट डेरा फर्किने बाटो थाहा थिएन । त्यहाँबाट एक्लै निस्किने कुनै उपाय भएन । डेरामा जाने गाडी चढाइदिन आग्रह गरेँ । नजिकैको बसपार्क पुर्याइदियो । एक हजार रुपैयाँ दिएको थियो, उसकै मुखतिर फालिदिएँ । मंगलबार प्रहरीको शरणमा पुगेँ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस