राजापुर- प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का एक युवकको हत्याको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–७ का २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीय देवी रोकाय, २० वर्षीय अर्जुन बुढा, २५ वर्षीय कमल बुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश बुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विक छन् ।
मङ्गलबार उनीहरुको कुटपिटबाट सख्त घाइते भएका सतिराम थारुको बुत्रबार भारतको लखनउमा मृत्यु भएपछि आठै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।
भाइटीकाको दिन सतिराम र उनका दाजु आशाराम बहिनीको घरबाट टीका लगाएर फर्कदै गर्दा आठ जनाको समूहले कुटपिट गरेका थिए ।
सख्त घाइते सतिरामलाई दाजु आशारामले उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । मृतकको शव आफन्तलाई बुझाइएको बाँस्तोलाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस