काठमाडाैं– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग अन्तर्गत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि अदालतमा मुद्दा दर्ता गरेको हो ।
बिहीबार सरकारी वकिलको कार्यालयले उनीमाथि दर्ता गराएको जबर्जस्ती करणी उद्योग अन्तर्गतको अभियोग पत्रबारे जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस नभएपछि उनी बिहीबार पनि थुनामै बस्ने भएका हुन् ।
उनीमाथि करणी उद्योग अन्तर्गत ५ वर्ष कैद सजायको माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
अब अभियोगमाथि उनका पक्षका वकिलहरुले अदालतमा वहस गर्नेछन् । बहस आज नसकिए उनी थुनामै रहनेछन् । थुनछेक बहसपछि साधारण तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश अदालतले गर्नेछ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप १९ असोजमा महरा पक्राउ परेका थिए ।
थुनछेक बहस भोली शुक्रबार मात्र हुने जिल्ला अदालत काठमाडौंका सरकारी वकिल सुदर्शन पौडेलले जानकारी दिए ।
‘आज अभियोग पत्र दर्ता भएको छ । भोली अारोपिकाे बयान लिइने र त्यस लगत्तै थुनछेक बहस हुनेछ,’ पौडेलले बताए ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । महरामाथि अनुसन्धान सकेर ८ कात्तिकमा प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस