काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले अदालतसमक्ष आफू रोशनी शाहीको कोठामा नगएको बयान दिएका छन्।
जिल्ला अदालत काठमाडौँको बन्द इजलासमा शुक्रबार महराले यस्तो दाबी गरेका हुन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान लिइएको हो।
महराविरुद्ध संसद् सचिवालयकी कर्मचारी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएको छ।
महराले शाहीसँग पारिवारिक सम्बन्ध रहेको दाबी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा नगएको बताए । उनले शाहीको किटानी जाहेरीमा कुनै सत्यता नरहेको भन्दै आफूलाई फसाउन षड्यन्त्र गरिएको दाबी गरेका छन् ।
प्रहरीले संकलन गरेको प्रमाण झुट्टो रहेको बताएका महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको पनि बताएका छन् ।
महराको शुक्रबार बयान नसकिएकाले उनलाई थुनामै लैजाने तयारी भएको अदालत स्रोतले बतयो। आइतबार उनको थुनछेक बहस हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस