काठमाडाैं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बयान नसकिएकाले आज पनि थुनामै रहने भएका छन् ।
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतमा महराको बयान थियो । बयान नसकिएपछि अब न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस आइतबार मात्रै सुरु हुने छ । भोलि शनिवार भएकाले थुनछेक बहस आइतबारका लागि सरेको हो ।
सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध बलात्कार प्रयास गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो ।
थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्ने, पूर्पक्षका लागि कारागार चलान गर्ने वा साधारण तारेखमा छाड्नेबारे अदालतले फैसला गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस