काठमाडौं,पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसहित ११ जनालई प्रतिवादी बनाई प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
समाचार अनुसार झन्डै ३ साताको अनुसन्धानपछि प्रहरीले तयार पारेको ७ सय पृष्ठको प्रतिवेदनमा प्रतिवादीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा मुद्दा चलाउन राय दिइएको छ।
छठ पर्वको बिदा भएकाले सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दर्ता दायर गर्ने भएको छ।
प्रहरीले महताब आलम, सेख भदई, मोबिन आलम, सेख सराजविरुद्ध पनि मुद्दा चलाउन लागेको हो। महताब सांसद आलमका भाइ हुन्। उनीहरूविरुद्ध पहिल्यै किटानी जाहेरी परेको थियो। अन्य ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस