काठमाडाैं-नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
उपत्यकामै घटना बढ्दै
काठमाडौँ उपत्यकामा पनि जबरजस्ती करणीसम्बन्धी घटना एक्कासि बढेको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ मा मात्र ५२५ वटा मुद्दा दर्ता भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी यतिका घटना भएका हुन् । अघिल्लो आर्थिक वर्षको घटनाको एकीकृत विवरण नदेखिए पनि प्रहरीको भनाइमा घटना बढिरहेका छन् ।
यही साउनदेखि असोज मसान्तसम्म काठमाडौँ जिल्लामा मात्र जबरजस्ती करणीसम्बन्धी ६७ वटा अपराधका घटना भएका छन् भने जबरजस्ती करणी उद्योगसम्बन्धी १५ वटा छन् । उपत्यकामा हुने जबरजस्ती करणीका कतिपय घटना सामूहिक बलात्कारका छन् ।
सामाजिक सञ्जाल तथा रात्रिकालीन मनोरञ्जनका क्रममा चिनजान र भेटघाट गरी सम्बन्ध बढाई अन्ततः पुरुषले त्यस्ता महिलामाथि सामूहिक बलात्कार गर्ने गरेको भनाइ प्रहरीको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदी महिलासँग सम्बन्धित अपराधलाई गम्भीर रूपमा लिई कारबाही अगाडि बढ्ने गरेको बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस