काठमाडौं-रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ |
समाचार अनुसार अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रहरीले तत्कालिन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ।
विस्फोटलाई लुकाउन त्यतिबेला सिंगो राज्य नै लागेको थियो। तर, अहिले भने त्यतिबेला चुप भएका प्रहरी अधिकारी पनि मुखर भएका थिए |
नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर तथा रौतहटमा कार्यरत तत्कालिन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटका घाइते भएकाहरुलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो।’
अधिकारकर्मीहरुको तत्कालिन प्रतिवेदनले पनि घाइतेहरुलाई ट्रयाक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ।
तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले बोली फेर्दै अहिले ‘घटनाको जानकारी थियो, अनुसन्धान गर्न भनेको थिएँ,’ भनेर कागज गरिदिएका छन्।
इलाका प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज इन्द्र सुवेदीले भनुसन्धानकर्तालाई भने, ‘धमाकासहित विस्फोट भयो, घटनास्थल जान मोबाइल टोलीसहित गेटबाट निस्केको थिएँ, एसपी साबले तुरुन्त जिल्ला बोलाउनुभयो।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस