काठमाडौं-आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पूर्वमन्त्री एवं सांसद मोहमद अफताव आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको समाचार नयाँ पत्रिकाले छापेको छ |
तर, उनको यो जघन्य अपराधमा हिस्सेदार बनेका र संरक्षण गरेका प्रहरीका कुनै पनि अधिकारीमाथि मुद्दा नचलेको पनि समाचारमा जनाइएको छ |
समाचार अनुसार प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण मिडियाबाट छताछुल्ल भएको छ। तर, सबै शक्तिमानले छुटकारा पाएका छन्।
२७ चैत ०६४ मा रौटहट राजपुर फरहदवा–४ सेख इद्रिस खालिहानको गोठमा भएको बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तरसहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो।
घटना प्रहरीकै सक्रियतामा दबाइएको नेपाल प्रहरीका तत्कालिन प्रहरी निरीक्षक इन्द्र सुवेदी, प्रहरी निरीक्षक राजिबप्रताव बस्नेत र सई ईश्वविक्रम शाहले प्रहरीलाई गरिदिएको कागजले नै पुष्टी गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस