काठमाडाैं-निलम्वित सांसद मोहम्मद अफताव आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको रौतहटका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बताए।
जिल्ला सरकारी वकिल कार्यालयले सोमबार दिउँसो नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको हो। मृतकका परिवारलाई क्षतिपूर्तिको मागसमेत गरिएको छ।
बम विस्फोटका दुई घाइतेसहित १२ जना मारिएको भन्दै मुद्दा दर्ता भएको न्यायाधिवक्ता कटुवालले बताए। आलमसहित मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई, गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।
यो मुद्दामा मंगलबार थुनछेक बहस सुरु हुने जनाइएको छ। सरकारी पक्षबाट सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उपन्यायाधिवक्ता अर्जुन कोइराला र पर्सा जिल्लाका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी बहस गर्न रौतहट आउने भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस