वीरगञ्ज-बालकलाई अपहरण गरी रु १२ लाख फिरौती माग गरेको अभियोगमा पोखरिया नगरपालिका–६ सोनवरियाका राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जको सिर्सियाबाट गए राति १ बजे अपहरितका पितासँग फिरौती रकम लिन आउने क्रममा प्रहरीले दासलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका अम्जद खानको १४ वर्षीय छोरालाई कात्तिक १० गते काठमाडौँबाट वीरगञ्ज आउने क्रममा अपहरण गरिएको थियो ।
अपहरितका पितासँग फिरौतीबापत दाससहितका अपहरणकारी समूहले रु १२ लाख माग गर्दै आएको थियो । अपहरणकारीले माग गरेको फिरौती रकम दिन गए राति सिर्सिया पुगेका दासले खानको हातबाट रकम भएको झोला खोसी भाग्न खोज्दा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दासको दाहिने खुट्टामा गोली लागेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले प्रहरी नियन्त्रणमा रहेका दासले दिएको जानकारीका आधारमा सीमावर्ती भारतीय क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा अपहरित बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको बताउनुभयो ।
प्रहरीको गोली लागि घाइते भएका दासलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । बालकको अपहरणमा दाससहित अन्य दुई जना व्यक्ति संलग्न रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका दासबाट प्रहरीले नलकटुवा पेस्तोल एक थान, सोमा प्रयोग हुने गोली चार थान र उनले प्रयोग गरेको बिआर २२ जे ०८०३ भारतीय नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस