काठमाडाैं-राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ । पहिलो दिन मङ्गलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो ।
दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो । बयान नसकिएकाले बिहीबार पनि यो जारी रहनेछ । कर्तव्य ज्यान, विस्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका आलम सांसदकै लोगो लगाएर अदालतमा उपस्थित हुने गरेका छन् । सांसदबाट निलम्बन भइसक्दा पनि उनले लागो प्रयोग गर्न छाडेका छैनन् ।
हिरासतमा बस्दा पनि उनले लोगो फुकालेका छैनन् । आलमलाई प्रहरीको साथ रहेको समेत रहेकाे बताइएकाे छ । आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालिन प्रहरी अधिकारीहरुले स्वीकार गरेका छन् । तर, जवाफदेहिताबाट उनी पन्छिएका छन् ।
आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरुले ‘हो घटना भएको थियो,’ थाहा थियो’, ‘कारवाही गर्नु भनेको थिएँ’ जस्ता उत्तर दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस