काठमाडाैं-रौतहटको राजपुरमा बम विस्फोटनका घाइतेलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।
गत २०६४ सालमा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।
न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनीविरुद्ध बयान दिने भनिएका चमारले बम विस्फाेटनबारे आफूलाई कुनै जानकारी नभएको भन्दै उनी अदालतमा पुगेका थिए ।
आलमका वकिलको साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सरकारी साक्षी बनेर अदालतमा उपस्थित भएका चमारले बयान फेरेपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
राजपुरमा भएको बम विस्फाेटनमा घाइते भएका चमार सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।
यसअघि विस्फोटनपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन् ।
२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेता आलमविरुद्ध बयान दिन पुगेकी अमनाले आलमकै पक्षमा बयान दिएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस