काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
ल्यान्डमार्क हाउजिङ सम्बन्धी ठगी आरोपयमा यसअघि नै पद्म ज्योतिका भाई डा. रुप ज्योति र उनकी छोरी सुरुचिलाई प्रहरीले कात्तिक २१ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका बाबु छोरीलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । त्यसअघि ३ दिनको म्याद थप गरिएको थियो ।
उनीहरु विरुद्ध घरजग्गा सम्बन्धी ठगी मुद्दा थियो । करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति परिवारमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ ।
यो मुद्दामा ज्योतिका बाबुछोरीसहित ज्योति परिवारका ९ जना प्रतिवादी छन् । अदालतले अन्य प्रतिवादीमध्येका एक पद्म ज्योतिलाई पक्राउ गर्न आदेश दिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस