हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट प्रहरीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित लागुऔषध ट्रमासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका २९ वर्षीय दीपक सिंह मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा देखिएकाले सुरक्षा जाँच गर्दा मोक्तानको साथबाट प्रहरीले ५२ प्याकेटमा रहेका १५ हजार ६०० ट्याब्लेट प्रतिबन्धित लागुऔषध ट्रमा बरामद गरिएको जनाएको छ ।
आवश्यक कानुनी कारवाहीका लागि बरामद भएका लागुऔषधसहित मोक्तानलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए ।
जबर्जस्ती करणीको आरोपमा प्रजा पक्राउ
चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का २० वर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता कुर्मीले बताए । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए । यसअघि प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा पनि उनलाई पक्राउ गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस