लहान– ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । यस्तै कर्तव्य ज्यान मुद्दामा फरार धनगढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय रामेश्वर सिंहलाई आज प्रहरीले पक्राउ गरेको छ । घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस