झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर–३ का ३३ वर्षीय सागर खड्का, भद्रपुर–५ का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर–४ का २८ वर्षीय रवी राजवंशी रहेको कार्यालयले जनाएको छ ।
प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुबाट नेरु दुई लाख १० हजार ९१० र भारु नौ हजार ७७०, विभिन्न कम्पनीका मोबाइल १६ वटा र एक बुक तास नियन्त्रणमा लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस