काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् ।
गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्ममा २१ लाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धानको काम जारी रहेकोे जनाएको छ । सापकोटाका अनुसार अहिलेसम्ममा दुई पटक केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस