काठमाडौँ– काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन ।
आइतबार बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो ।
उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिए ।
सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उनले बताए । नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ ।
जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस