काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।
पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा–३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा–२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा–४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका–७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा–११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका–५ का ३७ वर्षीय रामप्रसाद चौलागाइ , पाँचखाल नपा–७ का अच्युत चौलागाइ , महाभारत गाउँपालिका–३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका–७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका–१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका–४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा–२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा–६ का २८ वर्षीय भुवन बलामी र सोही नपा–७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिन जनाइएको छ ।
यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा–८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिई रु एक लाख २३ हजार बरामद गरेको थियो भने सोही दिन बनेपा नपा–६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट रु एक लाख ४७ हजार बरामद गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस