बाँके– बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ ।
सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो ।
नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचारका लागि आएका ‘झोले चिकित्सक’ राजेश सिंहले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीको अनुमान छ ।
“भोज खाएलगत्तै बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलायछन ”, इलाका प्रहरी कार्यालय भगवानपुरका इञ्चार्ज मानबहादुर बिसीले भने , “उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको हो ।” करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए ।
उनले भने , “धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन ।” हिजो मृत्यु भएका गयाराज र मालिकरामको शव परीक्षणपछि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ आजै नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडितसँग भेटघाट गरेका छन् । प्रदेशसभा सदस्य केसीले भने , “अब यस्ता घटना दोहोरिनुहुन्न ।” नरैनापुर क्षेत्रमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस