ढाका– बंगलादेशको एक अदालतले मुस्लिम अतिवादी समूहमा आबद्ध सात जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा सन् २०१६ मा भएको आक्रमणमा १८ जना विदेशी सहित २२ जनाको हत्या गरेको यस समूहमाथि आरोप छ ।
राजधानी ढाकाको एक खचाखच भरिएको आतंकवाद–विरोधी इजलासमा न्यायाधीश मोजिबुर रहमानले सातै जनालाई मृत्युदण्ड दिने सजाय सुनाउनुभएको थियो । न्यायाधीश रहमानले इस्लामिक स्टेट समूहमा आबद्ध रहेर उक्त समूहका सदस्यहरुले बंगलादेशमा आतंक मच्चाउन खोजेको बताउनुभएको थियो ।
न्यायाधीश रहमानले सातै जनालाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएका छन् । प्रहरी भ्यानमा राख्नुअघि उनीहरुले इस्लाममाथि आफूहरुको आस्था रहेको र भगवान महान हुनुहुन्छ भन्दै चिच्याएका थिए ।
पक्राउ परेका आठौं व्यक्तिलाई भने थुनामुक्त गरिएको थियो ।
सन् २०१६ जुलाईमा ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफल सहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए । विदेशी नागरिकहरु भेला हुने यो ढाकाको चर्चित स्थान हो ।
मृत्यु भएकाहरुमा सात जना जापानी र नौ जना इटालीका नागरिक थिए । यस आक्रमणका क्रममा दुई जना बंगलादेशी प्रहरी पनि थिए ।
क्याफेलाई करिब १० घण्टा बन्धक बनाएका इस्लामिक जिहादीलाई सैनिक कमान्डोले मुक्त गरेका थिए । जिहादी समूहले दुई दर्जनभन्दा बढी विदेशीलाई बन्धक बनाएका थिए । सैनिक कारबाहीमा पाँचै जना आक्रमणकारी मारिएका थिए ।
यस आक्रमणबाट बंगलादेशमा इस्लामिक चरमपन्थ विरुद्ध तनाब उत्पन्न भएको थियो ।
बंगलादेश सरकारले यस आक्रमण लगत्तै देशव्यापी धरपकड र कारबाही शुरु गरेको थियो जसबाट १०० भन्दा बढी इस्लामिक अतिवादी मारिनुका साथै झण्डै एक हजार जना पक्राउ परेका थिए ।
आक्रमणकारीको खोजीका क्रममा आठ जना ढाकामा मारिएका थिए जसमा घटनाका मुख्य योजनाकार बंगलादेशी मुलका क्यानाडाली नागरिक तमिम अहमद चौधरी पनि थिए । कारबाहीमा अतिवादी समूह जमेतुल मुजाहिद्दीन बंगलादेशका कमान्डर पनि मारिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस