कञ्चनपुर-कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलिपसिंह विष्टवरिपरि घुमिरहेको छ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडा सरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो।
केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए।
गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो। प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो। तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ।
एसएसपी रामदत्त जोशी लामो समयदेखि त्यही कामका लागि सुदूरपश्चिममा खटिएका छन्। स्रोतका अनुसार आशंकित व्यक्ति पक्राउ गर्न यथेष्ट प्रमाण जुटाउनुपर्ने भएकाले पनि प्रहरी केही दिन पछि हटेको हो।
प्रहरी महानिरीक्षक खनालले हत्यासँग सम्बन्धित प्रमाण बलियो बनाउन सिआइबीलाई निर्देशन दिइसकेका छन्। एसएसपी जोशी अहिले धनगढीमा छन् भने सिआइबीका निलम्बित डिएसपी अंगुर जिसीको मुद्दा कञ्चनपुरमै भएकाले उनी आउजाउ गरिरहेका छन्।
गृहमन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा डाक्टर तुलसी कँडेल र दिनेशकुमार झा सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।
सो समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस