काठमाडौँ– सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
नेपाल सरकारका उपसचिवसमेत रहनु भएका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ ।
उपसचिव रिजाल पदमा रहीरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । गृह मन्त्रालयले रिजालमाथि अभियोग लागेपछि तत्कालै दोलखाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस