दार्चुला-डान्सबार गएर विवादित बनेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले आफू डान्सबार नगएको दाबी गरेका छन् ।
आइतबार राति आफू घरमै रहेका बेला महेन्द्रनगरको ब्लू डान्सबारमा साथीहरुमाथि कुटपिट भएको खबर पाएपछि आफू त्यहाँ पुगेको भएपनि बारमा नगएको दाबी गरे ।‘मेरा दुई तीन जना साथीहरु त्यहाँ गएका रहेछन् । म घरमा खाना खाएर सुत्न लागेको थिए,’ उनले भने, ‘मलाई आफूहरुमाथि कुटपिट भयो भनेर फोन आएपछि घरबाट गाडी लगेर गएको हुँ । आफू त्यहाँ पुग्दा बार बन्द भईसकेको थियो ।’
आफूले बार सञ्चालकलाई कुटपिट गर्ने को हो ? भनेर सोधेको तर, भित्र प्रवेश नगरेको उनले बताए । ‘बारमा युवती लिएर गएको भन्ने आरोप गलत हो,’ उनले भने ।
प्रहरीका अनुसार डान्स बारमा हो–हल्ला र विवाद गर्ने व्यक्तिको आइतबार नै महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । तर ती मध्ये केही व्यक्ति फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले मेयर धामीको पनि स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको भेटिएको बताए ।
मेयर धामीले घरबाट गाडी सहित तीन/चार जना गएको दावी गरेपनि प्रहरीले त्यहाँ कुनै सवारी साधन नभेटेको जनाएको छ । तर, मेयर सहितका केही व्यक्तिलाई सम्झाई–बुझाई छोडिएको प्रहरीको भनाइ छ ।
विवाद क–कसको बिचमा भएको थियो भन्ने कुरा पनि खुलाईएको छैन् । ब्लू डान्स बारका कर्मचारी बताउँने गजेन्द्र चन्दले बार बन्द गर्ने क्रममा दुई समूहबीच वादविवाद भएको स्वीकार गरेका छन् । सो समूहमा मेयर धामी थिए वा थिएनन् त्यो आफूलाई जानकारी नभएपनि केही व्यक्ति पछि आएको चन्दले बताए ।
यद्यपि त्यहाँ मेयर साप भनेर बोलाएको सुनेपनि आफूले नचिनेको उनी बताउँछन् । तर डान्सबारमा युवती पनि थिइन् भन्ने आरोप गलत भएको दाबी गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस