काठमाडाैं-साइबर अपराध गरेको भन्दै पक्राउ परेर थुनामा रहेका १२२ जना चिनियाँ नागरिकलाई चीन नै पठाउने अन्तिम तयारी नेपाल प्रहरीले गरिरहेको छ ।
बोइङ जहाज आएलगत्तै सबै आरोपीलाई चीन पठाइने प्रहरी उच्च स्रोतले जनाएको छ । आरोपीलाई प्रहरीले चीन ‘डिपोट’ गर्न तयारी अवस्था राखेको जनाइएको छ ।
‘चीनको बोइङ जहाज कुरेर बसिरहेका छन् । भोलि–पर्सी कहिले आउँछ त्यसपछि उनीहरूलाई चीन डिपोट गर्ने तयारी छ,’ स्रोतले भन्यो ।
अनुसन्धानमा अन्य कुनै अपराध गरेको नदेखिएकाले उनीहरूलाई अवैधानिक बसोबास गरेको आरोपमा कारवाही हुने भएको स्रोतले जनाएको छ ।
प्रहरीले अध्यागमन विभागमार्फत अवैधानिक बसोबासको कारवाही गर्नेछ । जसअनुसार आरोपीलाई आफ्नो देश चीन फिर्ता पठाइने छ ।
गत पुस ७ गते साइबर अपराधमा संलग्न भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १२२ जना चिनियाँलाई पक्राउ गरेका थियो ।
प्रहरीले आरोपीको साथबाट ७४७ मोबाइल र ३३१ ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेको थियो । शंकास्पद गतिविधि देखिएकाले प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन थुनामा राख्न म्याद लिएर अनुसन्धान थालेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस