काठमाडौँ– स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाडौँको लाजिम्पाटका कुमार तण्डुकार रहेको मशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारीदिएका छन् ।
पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्दा उक्त गिरोह संलग्न रहेको फेला परेको हो । प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाडौँको न्यूरोडस्थित फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र निकाल्ने गरेको खुल्न आएको छ । नक्कली लाइसेन्स बनाउन रोक्काले रु ३० हजार लिने गरेको खुल्न आएको छ ।
रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली सवारी चालक अनुमतिपत्र, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकासमेत प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राईभ सर्वरसमेत बरामद गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस