दमौली-तनहुँको भानु नगरपालिका-९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ।
विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका २ स्थायी घर भई भानु नगरपालिका-९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका-३ स्थायी घर भई भानु नगरपालिका-९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका-३ लामागाउँ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक भन्ने बुद्धिबहादुर कामीलाई जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो। अभियुक्तलाई जनही रु एक लाख १० हजारका दरले जरिवाना गर्ने निर्णयसमेत गरेको छ। सोही घटनामा संलग्न भनिएका धनबहादुर कामी र मनकुमार कामी भने फरार रहेका जनाइएको छ।
हत्यामा संलग्न रहेका मनकुमारी र मनमाया दिदी र आयुष मृतक राजुका भाई हुन्। उनीहरुले राजुलाई चिर्पटले टाउकामा हानी डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।
प्रहरीले अभियुक्तलाई विसं २०७५ माघ २२ गते पक्राउ गरेको थियो। अभियुक्तले राजुको हत्या गरी भानु नगरपालिका-९ काउरेटारको इनारमा फालेका थिए। स्थानीय रामप्रसाद हड्खलेको बारीमा सिँचाइका लागि खनेको इनारभित्र मृतकको शव दुर्गन्धित अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। अभियुक्त सबै फागुन १६ गतेदेखि पुर्पक्षका लागि थुनामा गएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस