महोत्तरी-धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी भएपछि विभिन्न समस्या उत्पन्न भएको छ।
जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता मात्रै १३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमण जस्ता समस्याहरु उत्पन्न भएको छ।
कारागारका चौकीदार (मुख्य कैदी) रमेश सिंहका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा सुत्नका लागि प्रतिव्यक्ति मात्रै १४ इन्च जग्गा दिइने गरिएको र त्यतिले पनि नअटाएपछि कोठाहरुमा आवतजावत गर्ने बाटोमा समेत पालैपालो सुताउने गरेको र त्यसले पनि नअटाएपछि अहिले छतमाथि पाल टाँगेर पनि कैदीबन्दीलाई राख्नुपरेको छ।
क्षमताभन्दा बढी चापकै कारण कैदीबन्दीलाई र अन्य सबैथोक अभावमै चलाउनु परेको छ। मूल नाइकेका रुपमा त्यस कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी चन्द्रदीप यादवले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन, खान, सुत्न, शौचालय र नुहाउनका लागि पालैपालो समय पाउने गरेको छन्।
खानेपानीका लागि कल र धारामा पालैपालो समय पाउने गरेको बाहिर बस्न, हिँड्डुल गर्न पनि कैदीबन्दीलाई पालैपालो समय दिने गरिएको छ। त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको छ।
तराईको चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोका बीच कारागारमा कैदीबन्दीको अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागिसमेत जाने गरेका छन्। दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई नियन्त्रण गर्न यस कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र यस कारागारमा अब थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार कार्यालयका का.मु.जेलरले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस