काठमाण्डौ-जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेकोे छ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका-५ का कृष्णकुमार विकलाई कैद फैसला सुनाईएको हो।
गत असार १४ गते तनहुँको भानु नगरपालिका-३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिएका छन्। पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ। अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस