पाँचथर-पाँचथर प्रहरीले ७२ बर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । बृद्धा बलात्कार आरोपमा पक्राउ पर्नेमा हिलिहाङ–७, सुभाङका २८ बर्षीय मनकुमार योञ्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका पाँचथरका अनुसार योञ्जनमाथि सात बर्ष अघि श्रीमानको मृत्युपछि घरमा एक्लै बस्दै आएकी बृद्धलाई माघ ३ गते राती साँढे आठ बजे बलात्कार गरी नगद चोरी गरेको अभियोग लागेको छ ।
योञ्जनले राति बृद्धको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३ सय ४० रुपैंयाँ नगद, पुराना डलर पैशा राखेको थैली समेत चोरी गरी बलात्कार गरेको बृद्धाले आरोप लगाएकी छिन् । बृद्धाको जाहेरीको आधारमा योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, इन्सपेक्टर रोमनराज अर्यालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस