काठमाडौं– आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर नुवाकोटको बिदुर नगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको माग गरेकी छिन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकीहुन् ।
‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख५२ हजार रुपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथिकारबाही हुनुपर्छ ।’
आफ्नो आर्थिक अवस्थाकमजोर भएपनिविदेश गएर अवस्था सुधार्न सकिन्छ किभनेर आफन्तसँग सरसापटक गरेर रकमजोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् । आफूलाई दुई पटक गरी एक लाखमात्रफिर्ता गरेको भन्दै बाँकी रकमजतिसक्दो छिटो फिर्ता दिलाइदिनजिम्मेवार निकायसँग सहयोगको आग्रह समेत गरिन् ।
रकमफिर्ता गरिसकेको भन्ने नक्कली प्रमाण देखाएर हिंडेको भन्दै कमानसिंह लामालाई किर्ते हस्ताक्षर समेत गरेको बताइन् । लिएको रकमफिर्ता गर्न लामाले चेक दिएको तर चेक साट्न जाँदा बैंकमा रकमनभएर बाउन्स भएको बताइन् । आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकमफिर्ता माग्दा अनेकनबहानाझिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकमफिर्ता गर्न भन्दामोबाइल समेत ब्लकगरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् ।
उनले भनिन्, ‘मलाई रकमफिर्ता नदिने नियतले कमानसिंह लामा सम्पर्कबाहिर छन् ।’ पत्रकार सम्मेलनमापूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रुपमा प्रस्तुतभएकीउनले चर्को आलोचनागरिन् । उनले भनिन्, ‘कमानसिंह लामा ठग र जालीफटाहा हुन् । आफूसँग रकमलिएको केहीदिनमै लामा फरार भएको आरोप लगाइन् ।’
निकै खोजीपछि मात्रबल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकमनभएको उनको भनाई थियो । तामाङले चेकबाउन्स भएको पीडा सुनाइन् । उनले भनिन्, ‘एकपछि अर्को तरिकाले मलाई झुक्याउने र ठगी गर्ने गतिविधिभयो ।’ आफूलाई पटक पटक झुक्याएपछि ७मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस