काठमाडौँ- नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो ।
सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस