काठमाण्डौ-जिल्ला प्रहरी कार्यालय संखुवासभाले पाँचखपन नगरपालिका -३ सिभुवाका सन्तोष राईलाई प्रहरीले एक राउण्ड हवाई फायर गरी ३ महिनापछि पक्राउ गरेको छ।
गत कार्तिक ६ गते राति स्थानीय बुद्धीमान श्रेष्ठलाई सन्तोशसहितको टोलीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएर फरार भएका थिए। बुद्धीमानले खेतमा पानी लगाएर बाटो चिप्लो बनाएको भन्दै राई समेतको समूहले श्रेष्ठलाई आक्रमण गरेका थिए। घाइते श्रेष्ठको दुवै आँखा बिग्रिएको छ।
फरार सन्तोशलाई प्रहरीले स्थानीय वीरबहादुर राईको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। सन्तोषलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। सन्तोष सहितको टोलीले प्रहरीमाथि लक्षित गर्दै आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको प्रहरीको भनाइ छ। फरार रहेका अन्य युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस